Sagun Khabar
बैतडीमा २ हजार ७० अस्थायी मतदाता कायम 

बैतडी –जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीका अस्थायी मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । 

छुटेका अस्थायी मतदाताहरुको नाम समावेश गर्दैै अस्थायी मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले बताए । बैतडीमा २ हजार ७० जना अस्थायी मतदाता रहेका उनले बताए । 

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा अस्थायी मतदाताहरुले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था रहेको छ । 

अस्थायी मतदातामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी, विभिन्न कार्यालयका कर्मचारी, वृद्धाश्रम रहेका व्यक्ति, कारागारमा रहेका थुनुवा तथा कैदीबन्दीलाई राख्ने गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update