Sagun Khabar
बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु 

बैतडी-  बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक सुरज सिंहले बताए ।

शुक्रबार दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा  भेटिए पछि प्रहरीलाइ खबर  गरेको र प्रहरीले अचेत अवस्थामै जिल्ला अस्पताल बैतडीमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको निरीक्षक सिंहले बताए ।

सदरमुकाम घर नजिक भएका निर्वाचन प्रहरी डिउटी सकेर घरमै खाना खान जाने गर्थे ।

शव जिल्ला अस्पताल बैतडीमा राखिएको र भोलिमात्रै पोस्टमार्टम गरिने उनले बताए  । 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update