Sagun Khabar
बैतडीमा मदिराजन्य बस्तु बिक्रीबितरण तथा ओसारपसारमा कडाइ

बैतडी-  बैतडीमा मदिराजन्य बस्तु बिक्रीबितरण तथा ओसारपसारमा कडाइ गरिएको छ । आसन्न प्रतिनिधि सभा चुनावकालागी जिल्लामा शान्ती सुरक्षाका लागी मदिराजन्य बस्तुहरुमा कडाइ गरिएको हो ।

आसन्न चुनावलाइ स्वच्छ,निष्पक्ष र भयरहित बाताबरणमा सम्पन्न गर्न मदिराजन्य पदार्थको उत्पादन,ओसारपसार,बिक्रिबितरण र उपभोगलाइ ब्यवस्थीत गर्न मदिरा ब्यावसायिहरुसँग छलफलगरी आजदेखि लागुहुने गरी बेलुकी सात बजेसम्म मात्रै बिक्रिबितराण गर्ने निणर्य गरिएको जिल्ला प्रशासनद्धारा जारी गरिएको सुनचामा उल्लेख गरीएको छ ।  

यस्तै सोमबारदेखि फागुन २४ गते सम्म मदिराको ढुवानी तथा ओसारपोसार नगर्ने । निवार्चनको मौन अवधिमा मदिराजन्य बस्तुको बिक्रीबितरणमा पुर्णरुपमा निषेध गर्ने निर्णय भएको सुचनामा भनिएको छ ।

यदि निर्देशनको उल्लङ्घन गरी मदिराजन्य पदार्थको उत्पादन,ओसारपसार,बिक्रिबितरण र उपभोग गरेको पाइएमा प्रचलित कानुन अनुसार कारवाहि गरिने समेत सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update