सुर्नयामा कक्षा ५ र ८ को परीक्षा आगामी चैत ५ देखि सञ्चालन हुने
बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले पालिकास्तरीय कक्षा ५ र ८ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
आगामी चैत ५ गतेदेखि पालिकामा आधारभूत तह कक्षा ५ र ८ को परीक्षा सञ्चालन हुने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । चैत ५ देखि १२ गतेसम्म परीक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२ १६:०३
प्रतिक्रिया दिनुहोस्




