Sagun Khabar
बैतडीमा रास्वपाको र्याली र कोण सभा 

बैतडी –निर्वाचन नजिक आएका बेला बैतडीका विभिन्न स्थानमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले र्याली कोण सभाको आयोजना गरेको छ । 

रास्वपाका उम्मेदवारसहित जिल्लाका विभिन्न स्थानमा र्याली र कोण सभाको आयोजना गरिएको रास्वपाले जनाएको छ । जिल्लाको सिल्लेगडा, सतबाँझ,देहीमाण्डौं, गोठलापानी हुँदै झुलाघाट सम्म र्याली पुगेको रास्वपाका समानुपातिक उम्मेदवार हरिश भट्टले जानकारी दिए । सैयौं नेता र कार्यकर्ताहरुको सहभागितामा र्याली र कोण सभाको आयोजना गरिएको भट्टले जानकारी दिए । 

कोणसभामा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार हरिमोहन भण्डारी, समानुपातिक उम्मेदवार हरिश भट्ट लगायतका नेताहरुले सम्बोधन गरेका छन् । नागरिकको चाहना अनुसार अहिलेसम्मका सरकारहरुले काम नगरेको भन्दै उनीहरुले यो पालि मत परिवर्तन गर्न आग्रह गरेका छन् । 

चुनावी प्रचारप्रसारलाई निरन्तरता दिने क्रममा आज राजमार्ग नजिकका बजारमा र्यालीसहित कोणसभाको आयोजना गरिएको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले बताए । र्यालीमा स्वस्फूर्त रुपमा उत्साहजनक सहभागिता रहेको  उनले दाबी गरे ।  

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update