नेकपाका केन्द्रीय सदस्य र कांग्रेस प्रदेश समिति सदस्य एमाले प्रवेश
बैतडी –बैतडीमा नेकपा र कांग्रेसका नेता कार्यकर्ता पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
नेकपाका केन्द्रीय सदस्यद्वय दलबहादुर धामी र दीपेन्द्र कुँवर तथा नेपाली कांग्रेसका प्रदेश समिति सदस्य जनक बिष्टलगायत एमाले प्रवेश गरेका हुन् ।
आइतबार पुर्चौंडीको हाटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई पार्टीमा स्वागत गरिएको एमाले केन्द्रीय सदस्य गोविन्द गिरीले बताए ।
चुनाव नजिक आएका बेला पुर्चौंडीमामात्रै २ सय बढी नेता–कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२ ०८:१६
प्रतिक्रिया दिनुहोस्




