Sagun Khabar
बैतडीमा एक अस्थायी मतदान निर्धारण 

बैतडी –बैतडीमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । 

बैतडी सदरमुकाम गढीस्थित दशरथचन्द आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीका लागि उक्त अस्थायी केन्द्र निर्धारण गरिएको हो ।  जिल्लामा २ हजार ७० जना अस्थायी मतदाता रहेका छन् । 

अस्थायी मतदान केन्द्रका लागि ३ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update