निर्वाचन सुरक्षाका लागि बैतडीमा तीन दिन सीमा नाका बन्द गरिने 

बैतडी–यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाट तीन दिन बन्द गरिने भएको छ । निर्वाचन हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमा नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । 

निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

बैतडीको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका बिओपीमार्फत सुरक्षा निगरानी बढाएको उनले बताए । 

जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटहरुमा डुङ्गामार्फत वारपार गर्ने गरिएकाले चुनावका बेला ती सबै घाटहरुबाट आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

पहिलादेखि नै चुनावको समयमा ७२ घण्टा सीमा नाका बन्द गर्ने गरिएकाले यो चुनावमा पनि सीमा नाका बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताए । नेपाल र भारत दुवै देशमा हुने चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update