Sagun Khabar
गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइँदै

काठमाण्डौ – २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

१९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सिंहले वीपी कोइरालासँग मिलेर २००३ सालमा नेपाली कांग्रेस स्थापना गरेका थिए ।  २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा गणेशमानले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए । 

२०१७ सालमा शाही शासन सुरु भएपछि आठ वर्ष निरन्तर कारावासको सजाय भोगेकाले उनलाई लौहपुरुष पनि भनिन्छ । गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।  

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update