कैलाली–५ मा नाउपाका उम्मेदवार नै रास्वपा प्रवेश
कैलाली –कैलाली– ५ मा नागरिक उन्मुक्ति पार्टी (नउपा) नेपालका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । नाउपा नेपालका उम्मेदवार जगन्नाथ चौधरी रास्वपा प्रवेश गरेका हुन् ।
रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारु र रास्वपाबाट कैलाली– ५ का उम्मेदवार डा. आनन्दबहादुर चन्दले चौधरीलाई पार्टी प्रवेश गराएका हुन् । नाउपा नेपालको मुद्दा रास्वपासँग मिलेकाका कारण रास्वपामा प्रवेश गरेको चौधरीले बताए ।
उनले नाउपा नेपालमा आफू एक्लै परेका कारण रास्वपा प्रवेश गरेको बताएका छन् ।
उनले थारु समुदायको मुद्दा सम्बोधनका लागि रास्वपाबाटै पहल गर्ने बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२ १३:३१
प्रतिक्रिया दिनुहोस्




