Sagun Khabar
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा जनशक्ति विस्तारबारे छलफल

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन पश्चात प्रदेशका जनताले स्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरेका छन् । बुधबार मुख्यमन्त्री शाह र विश्वविद्यालयका पदाधिकारीहरुबीच विश्वविद्यालय सञ्चालनका सम्बन्धमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

सुदूरपश्चिमका नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन विश्वविद्यालय छिटो सञ्चालन गर्नुपर्नेमा मुख्यमन्त्री शाहले जोड दिए । उनले विश्वविद्यालय जनताको स्वास्थ्य र शिक्षासँग प्रत्यक्ष रुपमा जोडिएकोले यसको सञ्चालनका लागि प्रदेश सरकार तयार रहेको र सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न पनि तयार रहेको बताए । 

सो क्रममा विश्वविद्यालयको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा शैक्षिक कार्यक्रम विस्तारबारे समेत छलफल भएको थियो । 

छलफलमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी, रजिस्ट्रार प्रा.डा. खेमराज जोशी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update