Sagun Khabar
पूर्व वडा अध्यक्ष कांग्रेसमा प्रवेश 

बैतडी–बैतडीमा एक जना पूर्व वडा अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

जिल्लाको सुर्नया गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष हर्कबहादुर पाण्डेले कांग्रेसमा प्रवेश गरेका हुन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा राप्रपाबाट वडा अध्यक्षमा निर्वाचित भएका पाण्डे पछिल्लो समय एमालेमा आवद्ध रहेका थिए । आज उनी एक कार्यक्रमकाबीच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 
सिगास गाउँपालिकाको गाँजरीमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा पाण्डेलाई पार्टीमा स्वागत गरिएको कांग्रेस बैतडीका उपसभापति एवं प्रचारप्रसार समिति संयोजक बिरबहादुर बिष्टले बताए । 
पाण्डेलाई नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार चतुरबहादुर चन्दले कांग्रेसमा स्वागत गरेका हुन् । 

निर्वाचन नजिक आएका बेला कांग्रेसले प्रचारप्रसारलाई तीव्रता दिएको उपसभापति बिष्टले बताए । घरदैलो अभियान तथा भेटघाट कार्यक्रमबाट आफूहरु उत्साहित भएको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update