Sagun Khabar
क्यान्सर पीडित नवीनलाई उपचारमा आर्थिक अभाव, सहयोगको अपिल 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ झोकालीका २६ बर्षीय नवीन भुलको उपचारमा आर्थिक अभाव भएको छ ।

क्यान्सर पीडित भुलको उपचारमा आर्थिक अभाव भएको स्थानीय समेत रहेका अभियान्त भुपेन्द्र चन्दले बताए । सानै उमेरमा बुवा गुमाएका नवीनलाई युवा अवस्थामै क्यान्सर संक्रमण भएपछि उपचारमा आर्थिक अभाव भएको उनले बताए । 

चितवनमा उपचार गराइरहेका नवीनको उपचारमा सहयोग पुर्याउन अभियान सञ्चालन गरिएको छ । अभियानमार्फत संकलित रकमले नवीनको उपचारमा केही सहयोग पुगोस भनेर अभियान सञ्चालन गरिएको चन्दले बताए । 

श्रीमानको उपचारमा सहयोग गरिदिन उनकी श्रीमती निर्मला भुलले सबै मनकारी व्यक्तिहरुलाई आग्रह समेत गरेकी छन् । नवीनको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले तलको इसेवामा रकम जमा गर्न सक्नेछन् ।  

Nabin-bhul-a-1772159681.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update