बैतडी –बैतडीमा निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताका बिषयमा छलफल भएको छ ।
प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ शाखा बैतडीको समन्वयमा अन्तरक्रियात्मक छलफल सम्पन्न भएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिक आएका बेला आचारसंहिताका बिषयमा जानकारी दिनका लागि अन्तरक्रियात्मक छलफलको आयोजना गरिएको प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य पदमराज जोशीले जानकारी दिए ।
चुनावको समयमामात्रै नभएर जुनसुकै समयमा पनि पत्रकारहरुले आचारसंहिताको परिधि भित्र रहेर काम गर्नुपर्नेमा बोर्ड सदस्य जोशीले जोड दिए ।
छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडूले जिल्लामा पत्रकारहरुले आचारसंहिताको पालना गर्दै रिपोर्टिङ गरिरहेका बताए ।
यस्तै छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बैतडीमा निर्वाचन आचारसंहिता उल्लंघनका केही घटनाहरु भएका भएपनि लिखित रुपमा उजुरी नआएको बताए । जिल्लामा सञ्चारकर्मीहरुले निर्वाचनका लागि सकारात्मक भूमिका निर्वाह गरिरहेको उनले बताए ।
यस्तै मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा रहेको र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।



