बैतडी–बैतडीको सुर्नया गाउँपालिका घर भएका एक युवक बेपत्ता भएका छन् ।
सुर्नया गाउँपालिका–७ कोटालपानी, पासमाण्डौंका २२ बर्षीय पारस चुनारा सोमबार बिहान ११ बजेदेखि बेपत्ता रहेका स्थानीय समेत रहेका शिक्षक अम्मरबहादुर कुँवरले बताए । घरमा कोही नभएको बेला पारस घरबाट निस्केका र अहिलेसम्म फेला नपरेका कुँवरले बताए ।
मानसिक सन्तुलन ठीक नभएका चुनारा घरबाटै बेपत्ता भएपछि घरपरिवार र आफन्तले खोजी गर्दा फेला परेका छैनन् । पारस हराएको बिषयमा प्रहरीमा निवेदन दिइसकेको उनका बुवा लालु चुनाराले बताए ।
सोमबार बिहानदेखि हराएका पारस फेला नपरेपछि घरपरिवार चिन्तित बनेका छन् ।
कसैले पारसलाई देखेमा नजिकको प्रहरी कार्यालय, उनका बुवा लालु चुनाराको मोबाइल नम्बर ९७६३८३७८३६ वा शिक्षक अम्मरबहादुर कुँवरको मोबाइल नम्बर ९८४८८०६४७६ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।




