Sagun Khabar
प्रतिनिधि सभा निर्वाचन : बैतडीमा सर्वदलीय बैठकले के–के निर्णय गर्यो ?

बैतडी–बिहीबार हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि बैतडीमा बुधबार सर्वदलीय बैठक सम्पन्न भएको छ । 

बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने निर्णय गरेको छ । 

निर्वाचनको मौन अवधिको सबैले पालना गर्ने, निर्वाचन आचारसंहिताको पालना गर्ने, मतदान केन्द्रमा मतदान प्रक्रियाको अवलोकनका लागि पुग्ने उम्मेदवार, पत्रकार र पर्यवेक्षकहरुका लागि छुट्टै अवलोकनस्थलको व्यवस्था गर्ने र एक मतदान केन्द्रमा बढीमा आधा घण्टा अवलोकन गर्न पाउने निर्णय बैठकले पारित गरेको छ । 

निर्वाचन आचारसंहिताको कसैले उल्लंघन गरेमा कानुन अनुसार कारवाही गर्ने, निर्वाचन सुरक्षालाई थप मजबुत र प्रभावकारी बनाउने, मतदानको दिन पास पाएका सवारी साधनमात्रै सञ्चालनमा ल्याउन पाइने लगायतका निर्णय बैठकले पारित गरेको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए । 

फागुन २१ को मतदानपछि हुने मतगणना कार्यलाई सहज, सभ्य र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सबै राजनीतिक दलहरुले प्रतिबद्धता जनाएको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए ।   

Dicision-1772620487.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update