बैतडीमा ९० बर्षीया वृद्धाले गरिन् मतदान
बैतडी–बैतडीमा ९० बर्षीया वृद्धाले मतदान गरेकी छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंकी ९० बर्षीया धानादेवी बोहराले निङ्गलाशैनी मावि मतदान केन्द्रबाट मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले बताए ।
जिल्लाभरी शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ ०९:३८
प्रतिक्रिया दिनुहोस्




