Sagun Khabar
सुदूरपश्चिममा ५० दशमलव ९ प्रतिशत मतदान 

कैलाली –हिजो सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा ५० दशमलव ९ प्रतिशत मतदान भएको छ । प्रदेशभर रहेका ९ जिल्लामा कुल १७ लाख १६ हजार ६६० मतदातामध्ये ८ लाख ७४ हजार १७७ जनाले मतदान गरेका छन् । 

सबैभन्दा बढी मतदान कञ्चनपुरमा भएको छ । कञ्चनपुरमा रहेका ३ लाख १४ हजार ३८५ मतदातामध्ये १ लाख ८४ हजार ३१६ जनाले मतदान गरेका छन्, जुन ५८ दशमलव ६ प्रतिशत हो । त्यसैगरी कैलालीमा ५ लाख ५१ हजार ५२ मतदातामध्ये ३ लाख ५ हजार १२२ जनाले मतदान गरेका छन् । यो कुल मतदाताको ५५ दशमलव ४ प्रतिशत हो । 

त्यस्तै दार्चुलामा ९२ हजार ९४८ मतदातामध्ये ४९ हजार ९६८ जनाले मतदान गरेका छन्, जुन ५३.८ प्रतिशत हो भने बाजुरामा ८७ हजार ८६१ मतदातामध्ये ४६ हजार २३२ जनाले मतदान गरेका छन्, जसले ५२.६ प्रतिशत मतदान भएको देखाउँछ । 

डडेल्धुरामा ९३ हजार ४०३ मतदातामध्ये ४५ हजार ९०९ जनाले मतदान गरेका छन्, जुन ४९.२ प्रतिशत हो भने बैतडीमा १ लाख ५६ हजार ३७२ मतदातामध्ये ७३ हजार १४८ जनाले मतदान गरेका छन्, जसले ४६.८ प्रतिशत मतदान भएको जनाइएको छ ।

यस्तै बझाङमा १ लाख २६ हजार ९०३ मतदातामध्ये ५२ हजार २१७ जनाले मतदान गरेका छन्, जुन ४१.१ प्रतिशत हो भने डोटीमा १ लाख २८ हजार ३९९ मतदातामध्ये ५२ हजार ४८५ जनाले मतदान गरेका छन्, जसले ४०.९ प्रतिशत मतदान भएको देखाउँछ । अछाममा भने सबैभन्दा कम मतदान भएको छ। अछाममा १ लाख ६५ हजार ३३७ मतदातामध्ये ६४ हजार ७८० जनाले मतदान गरेका छन्, जुन ३९.२ प्रतिशत हो । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update