Sagun Khabar
कैलाली–१ मा रास्वपाकी ज्ञवाली विजयी 

कैलाली –प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छिन् । 

ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी विजयी भएकी हुन् । ज्ञवालीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ९४५ मत प्राप्त गरेका छन् । टीकापुर नगरपालिकाको नगर प्रमुखको पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका रामलाल डगौराले आठ हजार ३९२ मत पाएका छन् ।  नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले चार हजार ४९३ मत पाएका छन् । 

राष्ट्रिय योजना आयोगको सदस्य समेत रहिसकेका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार डा.जनकराज शाहले २१७ मत पाएका छन् । 

यहाँ ५९ हजार ६१ मत खसेको थियो । तत्कालिन नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय कोषाध्यक्ष ज्ञवाली निर्वाचन अघि मात्रै रास्वपा प्रवेश गरेकी हुन् । व्यवस्थापन विषयमा स्नातक ४७ वर्षीया ज्ञवाली व्यापारमा संलग्न छिन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update