Sagun Khabar
अछाम–१ मा कांग्रेसका स्वाँर विजयी, भीम रावल पराजित 

अछाम –प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत अछाम –१ मा नेपाली कांग्रेसका भरतबहादुर स्वाँर विजयी भएका छन् । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावललाई ५ सय २६ मतले पराजित गर्दै स्वाँर विजयी भएका हुन् । 

निर्वाचन आयोगका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रावलले १० हजार २३३ मत पाएका छन् ।

अछाम–१ मा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउद सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रबहादुर शाहको पक्षमा १०२ मत खसेको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update