Sagun Khabar
कैलाली– ५ मा रास्वपाका चन्द विजयी

कैलाली –कैलाली क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन् । चन्दले ३१ हजार ९५३ मत प्राप्त गरेर विजयी भएका मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाले बताए । 

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत ल्याए । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रेमबहादुर आलेले ७ हजार ८७६ र नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुंगानाले ५ हजार ८३९ मत प्राप्त गरे ।

कैलाली–५ मा १ लाख १० हजार ५३९ मतदात रहेकामा ६५ हजार ७५२ मत खसेको थियो ।
 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update