कैलाली –प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू विजयी भएका छन् ।
कैलाली क्षेत्र नम्बर–१ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी भएकी छन् ।
कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी भएका छन् । उनले नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीलाई पराजित गर्दै १९ हजार ५७ मत प्राप्त गरे ।
कैलाली–३ मा रास्वपाका जगतप्रसाद जोशी भारी मतान्तरसहित विजयी भएका छन् , उनले २० हजार ३५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका वीरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गरे ।
कैलाली–४ बाट रास्वपाका खेमराज कोइराला विजयी भएका छन् । उनले २८ हजार ५५६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी गोरखबहादुर विष्टलाई १७ हजार २५५ मतले पछि पारे ।
कैलाली–५ मा रास्वपाका आनन्दबहादुर चन्द विजयी भएका छन् । उनले ३१ हजार ९५३ मत प्राप्त गर्दै नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई पराजित गरे ।
यसरी कैलालीका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले विजय हासिल गर्दै जिल्लामा ‘क्लिन स्वीप’ गरेका छन् ।






