Sagun Khabar
कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर प्रहरी जवानको मृत्यु

कैलाली –कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरी जवानको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय टिकापुरको छतबाट खसेर ३० बर्षीय प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बझाङको तलकोट गाउँपालिका–१ घर भएका प्रहरी जवान चदराको सोमबार राति प्रहरी कार्यालयको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update