Sagun Khabar
दुई किशोरी मृत फेला 

कैलाली –कैलालीको गोदावरी नगरपालिकामा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–५, गेटाकी १६ वर्षीया र वडा नं. ८, स्याउलेकी १५ वर्षीया किशोरी मंगलबार मृत फेला परेका हुन् । 

दुवै जना आफ्नै घरको कोठाभित्र पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update