नदीमा डुबेर एक बालकको मृत्यु
कैलाली –कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर सोही ठाउँका ९ बर्षीय सुशील बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो । प्रहरीले डुबेकै स्थानबाट उद्धार गरेर उपचारका लागि धनगढीको निसर्ग अस्पताल पु¥याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा बमलाई मृत घोषणा गरेका हुन् ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३ १३:५८
प्रतिक्रिया दिनुहोस्





