कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ८ जना पक्राउ
कैलाली –कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ८ जना पक्राउ परेका छन् ।
कैलालीबाट ६ जना र कञ्चनपुरबाट दुई जना गरेर ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट छुट्टाछुट्टै रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई लागू औषध खैरो हेरोइनसहित बुधबार पक्राउ गरेको हो ।
यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३ १७:३१
प्रतिक्रिया दिनुहोस्





