बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा रहेका विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
पुर्चौंडी नगरपालिका–८ मल्लादेही घर भएका समाजसेवी बीरबहादुर बोहराले गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
हाटस्थित डिलेश्वरी नमूना मावि, गलिनाथ मावि बडगाउँ,डिलाशैनी मावि मल्लादेही, नेरा मावि पिपलकोट,केदार आवि डणपुर, गलिनाथ आवि लामुनी, जनता आवि पिलाडी, गलिनाथ आवि बबिडा र रत्न आवि रत्नपुरमा अध्ययनरत विद्यार्थीहरुलाई कापी कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको बोहराले बताए ।
लामो समयदेखि भारतको दिल्लीमा आफ्नो व्यवसाय गर्दै आएका बोहराले समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग होस भनेर शैक्षिक सामग्री वितरण गरेको जनाएका छन् । उनले झण्डै २ सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको बताएका छन् ।
यसअघि पनि उनले विभिन्न सामाजिक क्षेत्रमा आफ्नो उपस्थिती जनाउँदै आएका छन् । प्रवासमा समेत बोहराले समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएका पुर्चौंडीको नकालीका रमेश विकले बताए । हाल बेंगलोरमा काम गर्दै आएका रमेशले बीरबहादुर बोहराले समस्यामा परेको प्रवासी नेपालीलाई बोहराले सहयोग गर्ने गरेको बताए ।





