बैतडी–बैतडीको पाटन नगरपालिका–४ स्थित भुमेश्वर मावि ठाँड, बगाडीलाई सिटिजन्स बैंकको पाटन शाखाले भौतिक सामग्री सहयोग गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई प्रिन्टर र पी.टी.ड्रम सहयोग गरेको विद्यालयका शिक्षक रमेशसिंह महराले बताए ।
विद्यालयलाई अतिरिक्त क्रियाकलाप र कार्यालयको काम सहयोग होस् भनेर बैंक उक्त समाग्री सहयोग गरेको हो ।
आज विद्यालयमै पुगेर बैंकको पाटन शाखाका प्रमुख जयराज भट्टले उक्त सामग्री विद्यालयका प्रधानाध्यापक लक्ष्मीदत्त भट्टलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष दिपकसिंह बिष्ट, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
बैंकले विद्यालयलाई सहयोग गरेकोमा विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ ।





