Sagun Khabar
जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी पक्राउ 

कैलाली–जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी कारागारबाट जेनजी आन्दोलनका क्रममा फरार भएका एक जना कैदीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सडकपुर कैलालीबाट खटिएको प्रहरीले टोलीले बर्दगोरिया–२ का ३१ वर्षीय राधेश्याम चौधरीलाई बुधवार प्रकाउ गरेको हो । चौधरीलाई प्रहरी टोलीले जिल्लाको लम्कीचुहा नगरपालिका–१० स्थित पिपरहवाबाट नियन्त्रणमा लिएको हो ।

चौधरीलाई प्रकाउ गरी कारागार चलान गरेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १३:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update