Sagun Khabar
अपांगता भएका व्यक्तिहरुलाई झोल साबुन बनाउन कच्चा सामग्री वितरण 

बैतडी–बैतडीमा अपांगता भएका व्यक्तिहरुलाई झोल साबुन बनाउन आवश्यक पर्ने कच्चा सामग्री वितरण गरिएको छ । 

दशरथचन्द नगरपालिका–१ स्थित अपांगता भएका नागरिकहरुको पुनस्र्थापना केन्द्रको समन्वय र एनएमबी बैंकको सहयोगमा कच्चा सामग्री वितरण गरिएको हो । 

एनएमबी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अपांगता भएका नागरिकहरुलाई झोल साबुन बनाउनका लागि आवश्यक कच्चा सामग्री उपलब्ध गराएको स्थानीय प्रशिक्षक रमेशकान्त बडूले बताए । 

अपांगता भएका व्यक्तिहरुलाई झोल साबुन बनाउने तरीकाका बारेमा सिकाएको र सामग्री उपलब्ध भएपछि उनीहरुलाई सहज भएको बडूले बताए । 

झोल साबुन बनाउन आवश्यक कच्चा पदार्थ वितरण कार्यक्रममा अपांगता भएका नागरिकहरुको पुनस्र्थापना केन्द्रका अध्यक्ष अम्बादत्त भट्ट, एनएमबी बैंक बैतडी शाखाका प्रमुख महेश चन्द, बैंकका प्रतिनिधि केशवदत्त जोशी लगायतको उपस्थिती रहेको थियो । 

यसअघि अपांगता भएका २० जनालाई झोल साबुन बनाउने तरीकाका बिषयमा कृषि विकास बैंकको सहयोगमा तालिम प्रदान गरिएको थियो । तालिम प्राप्त व्यक्तिहरुलाई कच्चा सामग्री वितरण गरिएको अध्यक्ष भट्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update