Sagun Khabar
कञ्चनपुरमा आठ जना जुवाडे पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ परेका छन् । 

जिल्लाको भीमदत्त नगरपालिका–१८ मदन चोकस्थित सोही ठाउँ बस्ने ४२ वर्षीय देवबहादुर चन्दले सञ्चालन गरेको देबु होटेलमा जुवातास खेलिरहेको अवस्थामा निज देबबहादुर चन्द सहित ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद ५५ हजार असी रुपैँया  र २ गड्डी ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update