मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन कार्यालय बैतडीको आग्रह
बैतडी–जिल्ला निर्वाचन कार्यालय बैतडीले मतदाता नामावलीमा आफ्नो विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै मतदाता नामावली ऐन २०७३ र मतदाता नामावली अद्यावधिक कार्यविधि २०८१ ले निर्दिष्ट गरे अनुसार विवरण अद्यावधिक गर्न आग्रह गरिएको हो ।
मतदाता नामावलीमा रहेका नाम, ठेगाना, जन्म मिति, लिङ्ग, नागरिकता विवरण, मतदानस्थल, दोहोरो नाम हटाउने, बसाइँसराइका कारण मतदाता नामावली सार्ने लगायतका विवरण सच्याउन वा अद्यावधिक गर्न आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए ।
विवरण अद्यावधिक गर्न अनलाइनबाट निवेदन दिन सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बसाइँसराइ र विवाह गरि अन्यत्र गएकाहरुले सम्बन्धित वडा कार्यालयमार्फत आवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३ ११:०४
प्रतिक्रिया दिनुहोस्




