Sagun Khabar
क्यान्सर पीडित चन्दको उपचारमा प्रवासी युवाहरुको आर्थिक सहयोग 

बैतडी–क्यान्सरको उपचार गराइरहेका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ मार्थला निवासी बिरबहादुर चन्दको उपचारमा प्रवासी युवाहरुले आर्थिक सहयोग गरेका छन् । 

पञ्चेश्वर गाउँपालिका–४ घर भइ रोजगारको सिलसिलामा विभिन्न देशमा रहेका युवाहरुले समूह गठन गरेर सहयोग रकम संकलन गरेको समूहका संयोजक नरेन्द्र चन्द (डङखेत)ले बताए । 

भारतको मुम्बईमा उपचार गराइरहेका चन्दको उपचारमा केही सहयोग होस् भनेर आफूहरुले ७ हजार रुपैयाँ उपलब्ध गराएको संयोजक चन्दले बताए । 

यसअघि पनि एकजना नवजात शिशुको उपचारका लागि ७ हजार रुपैयाँ समूहबाट सहयोग गरेको उनले बताए । रोजगारीको सिलसिलामा प्रवासमा रहेका पञ्चेश्वर–४ का युवाहरुले उक्त रकम संकलन गरेको जनाइएको छ । 

समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यले प्रवासमा रहेका पञ्चेश्वर –४ का युवाहरुले अनलाइनबाटै समूह गठन गरेको बताइएको छ । प्रवासबाटै सामाजिक कामहरु गर्नका लागि आफूहरुले समूह गठन गरेको चन्दले बताए । 
 

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update