Sagun Khabar
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बैतडीका स्थानीय तहमा रास्वपाको कार्यक्रम 

बैतडी–अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीले बैतडीका स्थानीय तहहरुमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । 

सम्बन्धित पालिका समितिको अगुवाईमा बजार सरसफाइ, सडक सरसफाइ लगायतका कार्यक्रम सम्पन्न गरिएका रास्वपा सुदूरपश्चिमका उपसभापति भोजराज जोशी (क्वालिटी)ले बताए । 

दिवसको अवसर पारेर युवाहरुलाई सामाजिक काममा सक्रिय बनाउन सन्देश दिने उद्देश्यले सरसफाइ लगायतका कार्यक्रम आयोजना गरिएको उनले बताए । 

दिवसको अवसरमा दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बजार क्षेत्रमा सरसफाइ गरिएको रास्वपा दोगडाकेदारका सचिव कृष्णदत्त भट्टले बताए । 

यस्तै मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र जाने सडक सफाइ गरिएको बताइएको छ । सभापति महेन्द्र भट्टको अगुवाइमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । 

यस्तै पुर्चौंडी नगरपालिकामा पनि सरसफाइ कार्यक्रम गरिएको सुदूरपश्चिम उपसभापति जोशीले बताए । सभापति रामसिंह साउँदको अगुवाइमा कार्यक्रम सम्पन्न गरिएको बताइएको छ । 

जिल्लाका अन्य स्थानीय तहहरुमा पनि कार्यक्रम सम्पन्न गरिएको रास्वपाले जनाएको छ ।  
 

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update