रसुवा बाढी : बैतडी घर भएका प्रहरी सहायक हवलदार हिक्मत महरा सम्पर्क विहिन
बैतडी–भोटेकोशी नदीमा आएको बाढीका कारण बैतडी घर भएका एकजना प्रहरी सहायक हवलदार सम्पर्क विहिन भएका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका–२ घर भइ प्रहरीचौकी रसुवागढीमा प्रहरी सहायक हवलदार पदमा कार्यरत हिक्मत महरा सम्पर्क विहिन रहेका प्रहरीले जनाएको छ ।
बाढीपछि कञ्चनपुरको बेदकोट नगरपालिका–८ घर भइ इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी हवलदार नरेन्द्रप्रसाद भट्ट र डडेल्धुराको परशुराम नगरपालिका–४ घर भइ प्रहरीचौकी रसुवागढीमा कार्यरत प्रहरी जवान नारद सार्की पनि सम्पर्क विहिन रहेका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३ १२:३१
प्रतिक्रिया दिनुहोस्




