कृषि ज्ञान केन्द्र बैतडीको ‘स्टाफ अफ द मन्थ’ बने हलुका सवारी चालक हरिस नाथ
बैतडी — कृषि ज्ञान केन्द्र, बैतडीले आफ्ना हलुका सवारी चालक हरिस नाथलाई यस महिनाको उत्कृष्ट कर्मचारी ‘स्टाफ अफ द मन्थ’ घोषणा गरेको छ ।
कर्मचारीहरूको कार्यसम्पादन स्तर अभिवृद्धि गर्न र कार्यालयको उद्देश्य प्राप्तिमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्ने उद्देश्यले ज्ञान केन्द्रले हरेक महिना उत्कृष्ट कर्मचारी चयन गर्दै आएको छ । सोही निरन्तरता स्वरूप यस महिना नाथलाई ‘स्टाफ अफ द मन्थ’ बाट सम्मानित गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नाथले आफ्नो जिम्मेवारी कुशलतापूर्वक, अनुशासित र लगनशीलताका साथ निभाएकाले उहाँलाई यो उपाधि प्रदान गरिएको हो । कृषि ज्ञान केन्द्र बैतडी परिवारले उहाँलाई हार्दिक बधाई दिँदै आगामी दिनमा थप सफलता र कार्यकुशलताको कामना गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३ १०:५९
प्रतिक्रिया दिनुहोस्




