Sagun Khabar
चाडपर्वमा जुवातास खेल्न र अत्यधिक मदिरा सेवन गर्न जिल्ला प्रशासन कार्यालय बैतडीको रोक

बैतडी — दशैँ तिहार जस्ता महान् चाडपर्वका समयमा जुवातास खेल्न, खेलाउन तथा अत्यधिक मदिरा सेवन गरी सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याउने गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय बैतडीले   रोक लगाएको छ ।  

प्रमुख जिल्ला अधिकारी मीना अर्यालद्वारा जारी सूचनामा मनोरञ्जनका नाममा नगद रकम, घरजग्गा, गरगहना वा अन्य चल–अचल सम्पत्ति दाउमा राखेर जुवातास खेल्ने–खेलाउने, जुवातासका लागि ठाउँ उपलब्ध गराउने तथा मदिरा सेवन गरी होहल्ला र झगडा गर्ने कार्य नगर्न अनुरोध गरिएको छ ।   

यस्ता अवैध एवं अवाञ्छित गतिविधिले आर्थिक र सामाजिक जीवनमा नकारात्मक असर पार्नुका साथै पारिवारिक कलह, घरेलु हिंसा, दुर्घटना र आपराधिक घटनाहरू बढाउने भएकाले नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको प्रशासनले जनाएको छ ।   

प्रशासनले चाडपर्वलाई मर्यादित, सभ्य र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्दै मदिरा सेवनमा संयमता अपनाउन भनेको छ । यदि जिल्लभित्र गैरकानुनी गतिविधि भएको पाइएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन भनिएको छ भने यस्ता कार्यमा संलग्न हुनेहरूमाथि प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।   

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update