बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले तिहारको समयमा पटाका, अतिशबाजी, भुइचम्पाजस्ता प्रज्वलनशील पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ ।
यस्ता पदार्थहरुको प्रयोग, विक्रिवितरण र भण्डारण गरेको पाइएमा कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
पटाका, अतीशबाजी, भुइँचम्पा लगायतका पदार्थहरुको प्रयोगबाट आगलागीका घटना, चोटपटक घटना हुन सक्ने भएकाले त्यस्ता पदार्थहरुको प्रयोगमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।
यस्तै सीमा नाका झुलाघाटमा समेत कडाइ गरिएको छ । नाकाबाट पटाका लगायतका पदार्थहरु भित्रिन सक्ने भएकाले सीमा नाकामा कडाइ गरिएको प्रहरीले जनाएको छ ।
प्रशासनले पटाका लगायतका सामग्री विक्रिवितरण र प्रयोगमा रोक लगाएको भएपनि पूर्ण रुपमा कार्यान्वयन भने हुन सकेको छैन् । तिहारको समयमा बजार क्षेत्रमै पटाका पड्काएको आवाज सुन्न सकिन्छ ।




