शितलपुर माविका विद्यार्थीहरुलाई झोला वितरण

बैतडी–बैतडीको मेलौली नगरपालिका–१ स्थित शितलपुर माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । 

कपडा बैंक बैतडीका तर्फबाट विद्यालयमा अध्ययनरत १८ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई आज झोला वितरण गरिएको कपडा बैंक बैतडीका सञ्चालक महेशदत्त भट्टले बताए । 

कपडा बैंकले विभिन्न विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री, विद्यालय पोशाक, झोला वितरण गर्दै आएको छ । सोही क्रममा शितलपुर माविका विद्यार्थीहरुलाई झोला वितरण गरिएको भट्टले बताए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update