जगन्नाथ मन्दिर पुनर्निर्माण अभियानमा बैतडी प्रहरीको एक लाख सहयोग

बैतडी–बैतडीको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिर पुनर्निर्माण अभियानमा बैतडी प्रहरीले एक लाख एक रुपैयाँ चन्दा सहयोग गरेको छ । 

नेपाल प्रहरीकातर्फबाट संकलन गरिएको उक्त रकम आज जगन्नाथ सेवा समितिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दिपककुमार रायले उक्त रकम हस्तान्तरण गरेका हुन् । 

जगन्नाथ मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको अभियानमा स्वस्फूर्त रुपमा सहयोग संकलन भइरहेको जगन्नाथ सेवा समितिले जनाएको छ । मन्दिर पुनर्निर्माणका लागि तीव्र रुपमा काम अघि बढीरहेको जानकारी दिइएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १८:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update