Sagun Khabar
बझाङको डिख्लामा २४ घण्टापछि सेनाको उद्धार टोली पुग्यो

 

बझाङ-बझाङको थलारा गाउँपालिका-४ डिख्ला भन्ने स्थानमा २४ घण्टापछि नेपाली सेनाको उद्धार टोली पुगेको छ। मंगलबार दिउँसै घटना थाहा भएपनि मौसम खराबीका कारण उद्धार टोली जान सकेको थिएन।

स्वास्थ्य सन्देश
Atrya hospital

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्दले नेपाली सेनाको हेलिकप्टर सुरक्षाकर्मी राहत र उद्धार सामाग्रीसहित डिक्ला पुगेको बताए। ‘यताबाट केही राहत सामाग्री, उद्धार सामाग्री बिहानै पठाइएको छ, बझाङ सदरमुकामबाट सुरक्षाकर्मी सहितको टोली डिख्ला गएको छ’ एसएसपी चन्दले भने। 

थलारा गाँउपालिका ४ डिख्लामा सोमबारराति पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना छन्। गगने सार्की रोजगारीका लागि भारतमा छन्। उनका माइला छोरा काले सार्की मात्र सकुसल छन्। 

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन्।

नेपाल टेलीकमको फोन अवरुद्ध भएपछि, एनसेलको फोनले मात्रै काम गरिरहेको छ। तीन दिनदेखि पहाडि जिल्लाहरुमा बिजुली पनि नभएकाले मोबाइल पनि बन्द भएका कारण उद्धार, सूचनामा पनि समस्या भएको छ। 

 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update