Sagun Khabar
कांग्रेस कञ्चनपुरको सभापतिमा बोगटी विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखक निकटका उनले ८०६ प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी बहादुरसिंह थापा ७१५ ले मत पाएका छन् । थापालाई कांग्रेसका अर्का केन्द्रिय सदस्य एनपी साउदको सहयोग रहेको थियो । 

यस्तै उपसभापतिमा भने थापा प्यानलका उम्मेद्वार मीनबहादुर सिंह र हरी चन्द्र राना विजयी भएका छन ।  उनीहरुले क्रमशः ७ सय ८६ र ७ सय ६३ मत ल्याएका हुन् । त्यसैगरी सचिवमा थापा प्यानलकै भीमराज भट्ट र हेमराज ओझा विजयी भएका छन् ।  उनीहरुले क्रमशः ७ सय २८ र ६ सय ९४ मत ल्याएका छन् । 

सहसचिवमा दुवै प्यानलबाट एक÷एक जना निर्वाचित भएका छन् ।  थापा प्यानलका नाफु सिंह साउँद निर्वाचित भएका हुन् भने बोगटी प्यानलका पुस्कल चौधरी निर्वाचित भएका छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update