Sagun Khabar
दुई घण्टा देखि बन्द महाकाली राजमार्ग खुल्यो

बैतडी पाटन ९ हरिचनमोड नजिक दुई घण्टा देखि बन्द रहेको सडक खुलेको छ । मोड कटिङ गरेको ठाउँमा बस फसेपछि दुइघण्टा देखि महाकाली राजमार्ग अन्तर्गत हरिचनमोड नजिक जाम हुदा यात्रुहरू अलपत्र परेका थिए ।

सडकमा जाम हुदा समयमै यात्रुहरू गन्तव्यमा पुग्न नसकेर समस्यामा परेका थिए । मोड कटिङ्गको ठाउँमा फसेको बस निस्केर जाम खुलेपछि यात्रुहरू आ आफ्नो गन्तव्यमा गएका छन । 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update