Sagun Khabar
मेलौली बस दुर्घटना अपडेट , दुई जना धनगढी रेफर

बैतडीको पाटन पञ्चेरश्वर सडक खण्डमा बिहिवार बिहान भएको बस दुर्घटनाका दुई जना घाइतेहरूलाई डडेल्धुराबाट धनगढी रेफर गरिएको छ । धनगढी रेफर गरिनेमा बैतडी मेलौली ६ का ४८ बर्षीया कमलापती भट्ट र मेलौली ९ कै २४ बर्षीया दुर्गादत्त भट्ट रहेका छन । उनिहरूलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी निरिक्षक दर्शन खडकाले जानकारी दिए ।

घाइते ८ जना मध्ये २ जना धनगढी रेफर गरिएका जनाएको छ । अन्य ३ जनाको डडेल्धुरामा उपचार भइरहेको छ भने ३ जना उपचार पछि घर फर्किएका छन ।

बिहिवार बिहान पाटन पञ्चेश्वर सडक खण्डको मेलौली २ रौतगाउँ नजीक महेन्द्रनगर देखि मेलौली तर्फ गइरहेको ना ७ ख २५७० नम्बरको बस दुर्घटनामा परेको थियो । बस सडकबाट ५ मिटरमात्र तल खसेकोले ठूलो दुर्घटनाबाट जोगिएको हो । बसमा जम्मा ३२ जना सवार मध्ये ८ जना घाइते भएका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update