Sagun Khabar
बैतडीको मेलौली नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द 

बैतडी –बैतडीको मेलौली नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकामा कार्यरत ५ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीले बताइन् । 

नगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै अर्को सूचना जारी नभए सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका जनाईएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

एन्टीजेन परीक्षणमा नगरपालिकामा कार्यरत ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो । यसअघि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update