Sagun Khabar
सुदूरपश्चिममा बिहीबार थप ५५८ जनामा कोरोना पुष्टि 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ६ सय ६ जनाको एन्टिजेन र ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा आज ५५८ जनामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ९९२ जना सक्रिय संक्रमित पुगेका छन् । उनीहरुमध्ये ११७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा थप एक संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–५ का ६२ वर्षीय पुरुषको सेती अस्पतालमा मृत्यु भएको हो । 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update