Sagun Khabar
बैतडीमा टेलिकमको टावर बालबालिकाको खेल्ने स्थान बन्यो, सञ्चार सेवा अवरुद्ध 

बैतडी – बैतडीमा  नेपाल टेलिकमको एक टावरको दुर्दशा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्लाको पुर्चौडी नगरपालिका–५ स्थित दहताल डाँडामा रहेको  नेपाल टेलिकमको टावर र सोलार प्यानलमै बालबालिकाहरुले खेल्ने गरेको भेटिएपछि सञ्जालमा भाइरल बनेको हो । 

सो टेलिकमको टावरमा केटाकेटीहरुले चढेको र सोलार प्यानलमै चिप्लेटी खेलेको तस्बिर समेत सार्वजनिक भएको छ । 
लापरवाहीका कारण यस्तो अवस्था आएको त्यहाँका स्थानीयले बताएका छन् । टेलिकमको टावरमा यस्तो गरिनु नराम्रो कार्य भएको स्थानीय विक्रम कुँवरले बताए । सो क्षेत्रमा बादल लागेको बेला टावर काम नगर्ने गरेको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यता, नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमाटाले प्रहरी र स्थानीय सरकारलाइ खबर गरेर टावर र सोलार पातामा खेल्नमा रोक लगाउने बताए । 

घाम नलागेको बेला सोलारले काम नगर्दा टेलिकमको सेवा अवरुद्ध हुने उनले बताए । सो क्षेत्रमा विद्युत नहँुदा समस्या हुने गरेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update