Sagun Khabar
अछाममा कोरोनाबाट थप दुईजनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम–अछाममा एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा दुईजना पुरुषको मृत्यु भएको स्वास्थ कार्यालय अछामले जनाएको छ । मृत्यु हुनेमा मंगलसेन नगरपालिकाका ३ बिसाकोटका ५६ वर्षीय र चौरपाटी गाउँपालिका ४ का ४८ वर्षीय पुरुष रहेका छन् । 

५६ वर्षीया पुरुष यही वैशाख २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो । शुक्रबार मध्यान्ह १२ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका मिन कुँवरले जानकारी दिए । 

श्वासप्रश्वासमा समस्या भएपछि उनको मृत्यु भएको हो । यस्तै आजै बिहान चौरपाटी गाउँपालिका ४ का ४८ वर्षीया पुरुषको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो । योसँगै अछाममा दोस्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । 
-अन्नपूर्ण पोष्टबाट 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update