Sagun Khabar
धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि कांग्रेस  नेतृ देउवाद्वारा १० लाख सहयोग

धनगढी –धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले १० लाख सहयोग गरेकी छन् । धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले १० लाख सहयोग गरेको बताएकी छिन् ।

उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा नेतृ देउवाले सो रकम जम्मा गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update