Sagun Khabar
कञ्चनपुरमा माओवादी, समाजवादी र एमालेका कार्यकर्ताबीच कुटाकुट
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा माओवादी, समाजवादी र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१९ मा नेकपा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताले एमाले कार्यकर्तामाथि हातपात गरेका हुन् । 
स्थानीय चुनावको प्रचारमा हिडेका एमाले कार्यकर्तालाई माओवादी र समाजवादीका कार्यकर्ताले कुटपिट गरेको एमाले कञ्चनपुरले जनाएको छ । 

कुटपिटबाट एमाले कार्यकर्ता राजेन्द्र अवस्थी र अञ्जु कार्की (चौधरी) घाईते भएका छन् । त्रिवेणी धाम टोलस्थित माओवादी र समाजवादीको संयुक्त ¥यालीमा सहभागी भएका कार्यकर्ताले माईकसहित अटोमा गईरहेको बेला आफुहरुमाथि आक्रमण भएको घाईते अवस्थीले बताए । 

एमाले कञ्चनपुरले कार्यकर्तामाथि भएको कुटपिटलाई निन्दनीय भएको जनाउँदै कार्बाहीको माग गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update